ख्रीष्टिय लेख रचना

पवित्र विवाहका तथ्यहरू

पवित्र शास्त्र वाइबलको पुस्तक हितोपदेशमा यसरी लेखिएको छ,“जसले पत्नी पाउँछ, उसले असल कुरा पाउँछ र परमप्रभुबाट कृपा प्राप्त गर्छ” (हितोपदेश १८:२२)। मानव समाजमा विवाह आदरणीय हो। एक पुरुषले एक महिलालाई विवाह गर्ने परमेश्वरको व्यवस्था मानव समाजकै निम्ति एक उत्कृष्ट व्यवस्था हो। विवाह संबन्धमा ग्रीक दार्शनिकहरूका फरक अवधारणाहरू थिए। ग्रीक दार्शनिकहरू लाइकरगस, थेले, एन्टिफानस, सुकरातले महिलाहरूको डोर्‍याउन नसकिने स्वभावका कारण जीवन कष्टपूर्ण हुनुको साथै नानीहरूको शिक्षामा चुनौति हुने भएकोले विवाह नगर्नु उचित भनी सिकाएका थिए। त्यसको प्रभाव ग्रीक समाजमा परेको थियो र मण्डलीहरूलाई पनि असर पारेको थियो। तिनै अवधारणाको असर कोरिन्थमा भएको मण्डलीमा देखिन्छ। तर यहूदीहरूले सबै स्थानहरूमा विवाहको पक्षमा शिक्षा दिन्थे। ख्रीष्टियनहरूले विवाहलाई आदरणीय मान्दछन्। लेखिएको छ, विवाह सबैको विचमा आदरको योग्य मानियोस् (हिब्रू १३:४)। सामान्यत: मानिस विवाह बन्धनमा जाने प्रकृतिका हुन्छन्। तेसो नभए मानिस व्यभिचारी गतिविधिमा अनियन्त्रित हुन सक्दछन्। येशू ख्रीष्टका प्रभावशाली प्रचारक पावलले ग्रीक शहर कोरिन्थमा रहेको मण्डलीले सोधेको प्रश्नको जवाफमा लेखेका थिए, ‘कसैले आफूलाई वशमा राख्न सक्दैनन् भने उनले विवाह गरून्। किनकि जल्नु भन्दा विवाह गर्नु असल हो। व्यभिचार हुन नदिन हरेक पुरुषकी आफ्नै पत्नी होस्। पतिले आफ्नी पत्‍नीलाई कोमलता देओस्, त्यसरी नै पत्नीले पनि पतिलाई देओस्। पत्नीको आफ्नो शरीरमाथि अधिकार छैन, तर पतिको हुन्छ। त्यसरी नै पतिको पनि आफ्नो शरीरमाथि अधिकार छैन तर पत्नीको हुन्छ। यसर्थ पति-पत्नी एक अर्कादेखि अलग रहेर जिउनुहुँदैन (१ कोरिन्थी ७:१-५)। बाइबलको पुस्तक उत्पत्ति शुरुआतहरूको पुस्तक हो। यस पुस्तकको उत्पत्ति दुई अध्यायमा विवाह सम्बन्धमा महत्वपूर्ण तथ्यहरू उल्लेख भएका छन् (उत्पत्ति २:१८-२५)। विवाहका संस्थापक परमेश्वर हुनुहुन्छ।

0 Comments

विश्वासद्वारा अनुग्रहले मुक्ति

साधारण भाषामा विश्वास भन्नाले निर्भरता वा भरोसा भन्ने बुविन्छ। कुनै वस्तु वा व्यक्तिमा विश्वास राख्नुको अर्थ आफैंमा होइन तर त्यस वस्तु वा व्यक्तिमा पूर्ण भरोसा राख्नु हो।

0 Comments