ख्रीष्टिय लेख रचना

सच्चा साथी येशू

येशू ख्रीष्टलाई मेरो साथी मान्नु एक अद्भुत अनुभव हो। उहाँले मेरो जीवनमा साथ दिनुभएको छ। जसले मलाई शक्ति, आशा, र प्रेमको अनुभव गराउँछ। येशू मेरो साथी हुनुमा मैले आत्मिक सन्तुष्टि पाएको छु। मेरो एउटा साथी हुनुहुन्छ। उहाँ मेरो अहिलेसम्मकै सबैभन्दा मिल्ने साथी हुनुहुन्छ। उहाँ यति दयालु र सत्य हुनुहुन्छ कि तपाईंले पनि उहाँलाई चिन्नुभएको होस् भन्ने म चाहन्छु। उहाँको नाम येशू हो। कति अचम्म उहाँ तपाईंको पनि साथी बन्न चाहनुहुन्छ! उहाँको बारेमा मलाई केही भन्न दिनुहोस्। यो सत्य वाइबलिय कथा हामी बाइबलमा पढ्छौं। बाइबल सत्य छ। यो परमेश्वरको वचन हो। संसार र यसमा भएका यावत् थोक बनाउने परमेश्वर हुनुहुन्छ। उहाँ स्वर्ग र पृथ्वीको प्रभु हुनुहुन्छ। उहाँले सबै थोकलाई जीवन र सास दिनुहुन्छ। येशू परमेश्वरको पुत्र हुनुहुन्छ। परमेश्वरले उहाँलाई स्वर्गबाट पृथ्वीमा हाम्रो आफ्नै मुक्तिदाता हुनको निम्ति पठाउनुभयो। परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो (अर्थात् उहाँले तपाईं र मलाई प्रेम गर्नुभयो) कि उहाँले आफ्ना एकमात्र पुत्र, येशू, (हाम्रो पापको निम्ति मर्नको लागि) दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्। (बाइबलमा भएको यूहन्नाको पुस्तकको ३ अध्यायको १६ पदमा लेखिएको छ) येशू यस पृथ्वीमा सानो बालकको रूपमा आउनुभयो। पृथ्वीमा उहाँको बुवा योसेफ र आमा मरियम हुनुहुन्थ्यो। उहाँ गोठमा जन्मनुभयो र डुँडमा पस्रनुभयो। येशू आफ्नो बुवाआमाको साथमा हुर्कनुभयो र उहाँले बुवाआमाको आज्ञा पालन गर्नुभयो। उहाँले आफ्नो बुवा योसेफलाई सिकर्मी काममा सहायता गर्नुभयो। जब येशू परिपक्व मानिस हुनुभयो, उहाँले मानिसहरूलाई उहाँको स्वर्गमा हुनुहुने पिताको बारेमा सिकाउनुभयो। परमेश्वरले मानिसहरूलाई प्रेम गर्नुहुन्छ भन्ने कुरा उहाँले तिनीहरूलाई देखाउनुभयो। उहाँले रोगीहरूलाई निको पार्नुभयो र कष्टमा परेकाहरूलाई सान्त्वना दिनुभयो। उहाँ बालबालिकाहरूको साथी हुनुहुन्थ्यो। बालबालिकाहरू उहाँको नजिक आएको उहाँले चाहनुहुन्थ्यो। तिनीहरूसँग पनि उहाँले समय बिताउनुभयो। बालबालिकाहरूले येशूलाई प्रेम गर्थे र उहाँसँग हुन रूचाउथे। केही मानिसहरूले येशूलाई रूचाउँदैन थिए। तिनीहरूले उहाँलाई ईर्ष्या गर्थे, र उहाँलाई घृणा समेत पनि गर्थे। तिनीहरूले उहाँलाई यति बिघ्न घृणा गर्थे कि तिनीहरूले उहाँलाई मार्न चाहे। एक भयावह दिनमा तिनीहरूले येशूलाई क्रूसमा काँटी ठोकेर मारे। येशूले केही गल्ती गर्नुभएको थिएन। उहाँ हाम्रो सट्टामा मर्नुपर्थ्यो किनकि तपाईंले र मैले गल्ती गरेका थियौँ। येशूको कथा उहाँको मृत्युसँगै टुङ्गिँदैन। परमेश्वरले उहाँलाई मृतकबाट उठाउनुभयो! उहाँका चेलाहरूले उहाँलाई देखे। अनि उहाँ स्वर्ग फर्कनुभयो। आज उहाँले तपाईंलाई देख्न र सुन्न सक्नुहुन्छ। उहाँलाई तपाईंको बारेमा सबै कुरा थाहा छ र उहाँले तपाईंको वास्ता गर्नुहुन्छ। केवल प्रार्थनामा उहाँकहाँ आउनुहोस्। आफ्नो ह्रदय वदल्नुहोस र सम्पूर्ण पापबाट फर्कनु होस ताकि तपाईलाई उहाँले नयाँ जीवन दिनुहुन्छ ताकि तपाईले फेरि कहिल्यै पछुतो गर्नु नपर्ने जीवन पाउनुहन्छ। उहाँ तपाईलाई ज्यादै प्रेम गर्नुहन्छ। तपाई पापी भएर पनि उहाँ तपाईलाई सांचो धार्मिकता र मुक्ति दिन चाहनुहुन्छ के तपाई उहाँलाई आजै स्वीकार गर्नुहुन्छ। यसैले, हामी सबै येशूको प्रेममा आशिषित बन्न सक्छौं, जसले हाम्रो जीवनमा परिवर्तन गर्नुहुन्छ र हामीलाई नयाँ मार्गमा हिँड्न सहायता प्रदान गर्नुहुन्छ । आमेन ।।

0 Comments

साँचो ज्ञान

हितोपदेश १:७ मा लेखिएको छ, “परमप्रभुको भय नै ज्ञानको शुरू हो; तर मूर्खहरूले बुद्धि र शिक्षालाई तुच्छ ठान्छन्।” संसार ज्ञानको खोजमा डुबेको छ। ज्ञानको लागि नै सानैदेखि नानीहरूलाई धेरै खर्च गरेर आमाबूबाले स्कुल पठाउँछन्। ज्ञानकै खोजिमा धेरै वर्ष एक युवाले शैक्षिक संस्थाहरूमा समय बिताउँछ। शैक्षिक संस्थाहरू पनि ज्ञान र शिक्षा दिने वाचासहित राम्रै शुल्क लिन्छन्। तर धेरै वर्ष शैक्षिक संस्थामा अध्ययन गर्दैमा ज्ञान प्राप्‍त हुन्छ भन्‍ने निश्‍चयता हुँदैन। विश्‍वकै उत्कृष्ट विद्यालय र कलेजहरूमा अध्ययन गरे पनि साँचो ज्ञान पाइन्छ भन्‍ने निश्‍चित हुँदैन। बाइबल अनुसार त साँचो ज्ञान परमेश्‍वरको भयबाट शुरू हुँदछ! कुनै शैक्षिक संस्थाको डिप्लोमा पाउँदैमा साँचो ज्ञान पाइन्न। तर परमेश्‍वरको भय नै ज्ञानको शुरू हो!

0 Comments