परमेश्वरको सृष्टि
आकाश र पृथ्वी, परमेश्वरको सृष्टि
अध्याँरोमा ज्योति, पहिलो दिनको सृष्टि।
आकाश र पानी, परमेश्वरको सृष्टि
छुट्टाछुट्टै अलगि, दोस्रो दिनको सृष्टि।
समुन्द्र र पृथ्वी, परमेश्वरको सृष्टि
विरुवाहरू र वोटनी, तेस्रो दिनको सृष्टि।
घाम, जुन, ताराहरू, परमेश्वरको सृष्टि
दिन र रातमा दृष्टि, चौथोँ दिनको सृष्टि।
जलजन्तु र पंक्षीहरू, परमेश्वरको सृष्टि
ढाकिए आकाश र पानी, पाचौं दिनको सृष्टि।
घरेलू, घस्रने, वनपशुहरू, परमेश्वरको सृष्टि
आफ्नै स्वरूपमा मानिस, छैटौँ दिनको सृष्टि।
पूरा भयो सृष्टिको काम, परमेश्वरको विश्राम
सातौं दिनको विश्राम, परमेश्वरको सृष्टि।
