के हामी जिउन जान्दछौं
आजलाई रोटी प्रशस्त छ
भोलिलाई फिक्री किन?
एक ओमेर पर्याप्त हुन्छ
मुरीका मुरी किन?
दाखवारीमा प्रशस्त खाए हुन्छ
भाँडामा बटुल्ने किन?
अन्नका बालाहरूबाट खाए हुन्छ
हँसिया नै लगाउने किन?
कति क्रूर कति कठोर हामी
महत्वकाँक्षा लोभ लाल्साहरूमा
यी मनले भन्छन् सदा सदा
कमाइ रहुँ बटुलि नै रहुँ|
तँ छाड र म छाड हाम र जाम
मेरै लागि र मै मात्र खाऊँ
अरू मरुन् वा जे सुकै होऊन्
पुगेको छैन तृप्ति भएकै छैन|
आज हामी जिउछैं तर केका निम्ति?
आजका निम्ति कि भोलिका?
आफ्नै निम्ति कि परमेश्वरका?
के हामी जिउन जान्दछौं?
