मध्ययुगीन क्रुसेडहरू ख्रीष्टियन इतिहासका कलंक थिए जसलाई मूलतः रोमन क्याथोलिक चर्चले संचालन गरेका थिए। पवित्र रोमी साम्राज्य तथा पवित्र रोमन क्याथोलिक चर्च भनिएका युरोपका दुई ठूला संस्थाहरूको संयुक्त बलमा मुश्लिमहरूको अधिनमा रहन पुगेका इस्रायली भूमिको छुट्काराको निम्ति क्रूसको नाममा जुन युद्धहरू लडेका थिए तिनलाई इतिहासमा क्रूसेडहरू भनिन्छ। सबैभन्दा पहिला त रोमन क्याथोलिक चर्च नै ख्रीष्टको साक्षीको कलंक बन्यो। यसका शिक्षा र विश्वासद्वारा सत्यतालाई भारी मात्रामा बंग्याइएको थियो। यसले पोपलाई संसारमा ख्रीष्टको प्रतिनिधिको रुपमा मान्दछ जसलाई सारा संसारका क्याथोलिकहरूले गोठालाको रुपमा मान्दछन्। उनीहरूका शिक्षा अनुसार बप्तिस्माद्वारा मुक्ति पाइन्छ। रोटी भँचाईमा रोटी र दाखरस येशूकै शरीर र रगतमा परिवर्तन हुँदछ। क्याथोलिक चर्च राज्य मण्डलीमा विश्वास गर्दछ, जो राज्यमाथि अधिकार गर्न सधैं उद्दत हुने गर्दछ। स्वर्ग जान अघि बाँकी पापको शुद्धिकरणको निम्ति व्यक्ति पर्गेटरी जाँदछन् भनी यसले सिकाउँदछ। उनीहरू विश्वास गर्दछन् कि मरियम स्वर्गकी रानी हुन् जसलाई उनीहरू चंगाई, छुटकाराको निम्ति प्रार्थना गर्दछन्। यसले मूर्तिपूजा गर्दछ। विभिन्न उद्देश्यमा येशू, प्रेरितहरू, मरियम, पवित्र जनहरू तथा अन्य व्यक्तिहरूको मूर्तिहरूको पूजा गर्दछन्। उनीहरू सिकाउँदछन् कि मुक्ति अनुग्रहले मात्रै होइन कामद्वारा प्राप्त हुन्छ। उनीहरू बाइबल मात्र आधिकारिक पुस्तक मान्दैनन् तर अपोकृफा पुस्तकहरू तथा प्राचीन रीतिविधिहरू पनि आधिकारिक हुन् भनी विश्वास गर्दछन्। उनीहरू विवाहलाई अस्वीकार गर्दछन्। उनीहरूका धर्माधिकारीहरूले विवाह गर्न सक्दैन्। पवित्र रोमी साम्राज्य तथा पवित्र रोमन क्याथोलिक चर्चबाट संचालित मध्ययुगीन क्रूसेडहरू (Crusades) मा पहिलो चाहिँ सन् १०९९ मा संचालन गरिएको थियो जसमा ६,००,००० पुरुषहरू तथा अरू थुप्रै महिलाहरूको सहभागीता रहेको थियो।

यस क्रूसेडले यरुशलेममाथि विजय हाँसिल गरेका थिए। विजयपछि गडफे यरुशलेमका राजा बनेका थिए। क्रुसेडरहरूले यरुशलेममाथि केही वर्ष आफ्नो अधिपत्या कायम राखेका थिए। दोस्रो क्रुसेड सन् ११४७ देखि ११५३ सम्म संचालित भएको थियो जसमा १२,००,००० मानिसहरू सम्मिलित थिए जस मध्ये युद्धक्रममा अधिकांशको मृत्यु भएको थियो। तेस्रो क्रुसेड सन् ११९० देखि ११९३ सम्म संचालित थियो तर यस क्रूसेड असफल बनेको थियो। चौथो क्रुसेड सन् ११९६ देखि ११९७ सम्म संचालित थियो। यस क्रूसेड पनि पराजित भएको थियो। पाँचौं क्रुसेड सन् १२०१ देखि १२०४ सम्म संचालित भएको थियो। यस क्रूसेडले कन्स्टिनापल माथि नियन्त्रण जमाएको थियो। छैटौं क्रुसेड सन् १२१६-१२२९ सम्म संचालित भएको थियो जसमा पोप र रोमी सम्राट फ्रेडरिक द्वितीयविच तालमेल मिल्न सकेको थिएन। सातौं क्रुसेड सन् १२३९ देखि १२४२ सम्म संचालित भएको थियो। यस क्रूसेड मूलतः फ्रेन्च र अंग्रेज अभियान थियो। सन् १२४८ मा संचालित आठौं क्रूसेडको संचालन फ्रान्सका राष्ट्रपति लुइस नवौंको नेतृत्वमा अघि बढेको थियो। यस क्रूसेडमा प्राय: सैनिकहरू मारिएका थिए भने लुइस नवौं आफैं कैद परेका थिए। नवौं क्रुसेड सन् १२५९ देखि १२९१ सम्म थुप्रै स-साना कमजोर अभियानहरूमा संचालन गरिएका थिए। बाल क्रुसेडको रूपमा सन् १२१२ मा बाल क्रूसेड संचालन गरिएको थियो। फ्रान्सेली युवा स्टेफनको नेतृत्वमा ३०,००० फ्रान्सेली बालकहरूको समूहले यस क्रूसेड संचालन गरेका थिए। अधिकांश बालकहरू बाटोमा मरेका थिए भने बाँकीलाई अरबीहरूद्वारा अपहरण गरिएको थियो।
क्रूसेडहरूको परिणाम के रह्यो त? यसले केही नकरात्मक, केही सकरात्मक परिणामहरू ल्याएको थियो। नकरात्मक परिणाम त यो थियो कि यसले ख्रीष्टियनहरूको साक्षीमा कलंक ल्यायो। यद्यपि क्रुसेडहरूमा साँचो ख्रीष्टियनहरूको समर्थन र सहभागिता थिएन बाहिराकाहरूले त्यसरी बुझेनन्। ख्रीष्टियहरूको नाम गोलमडोलमा रूपमा लिने कार्य भयो। धेरै निर्दोष व्यक्तिहरूको क्रुसेडको नाममा बेअर्थमा जीवन गयो। मुश्लिमहरूमा ख्रीष्टियन प्रतिको नकरात्मक छाप छोड्यो। सुसमाचारमा बाधा ल्यायो। तर कतिपय पक्षमा राम्रै पाठ पनि दिलायो। क्रुसेडहरूबाट स-साना राज्य तथा क्षेत्रीय शासनशक्तिहरूको उपादेयता समाप्त हुन पुग्यो। साना रूपमा होइन ठूलै शक्ति आर्जनमा नै देश, राष्ट्र शुरक्षित हुन्छ भन्ने पाठ यसले दिएको थियो। फलस्वरूप ठूला राष्ट्रहरूको उदय भयो। एक स्थानबाट अर्को स्थानविचको सम्पर्कले व्यापारको वृद्धि भयो। फलस्वरुप सम्पत्तिको वृद्धि भयो। क्रुसेडहरूबाट पोप शक्तिको पतनको शुरुआत भयो। बाइबलीय ख्रीष्टियनहरूले पोपको अबाइबलीय गतिविधिको खुलेर आलोचना गरे। सर्वसाधारण जनताले पोपको वास्तविकता बुझे। क्रुसेडहरूको कारण विश्वमा पुनर्जागरणको प्रारम्भ भयो। अब युरोपले रोमन क्याथोलिक चर्चको कपोलकल्पित भ्रमहरूमा प्रश्नहरू उठाए र स्वस्फुर्त रूपमा अध्ययन र अनुसन्धान गर्न थाले।

क्रुसेडहरू मध्ययुगीन ख्रीष्टियन इतिहासका कलंक थिए जसले ख्रीष्टियनहरू युद्धप्रेमीको रुपमा चित्रित गरायो। तर साँचो ख्रीष्टियनहरू युद्ध गर्दैनन्। येशू ख्रीष्टको शिक्षामा मासु र रगतको विरोधमा युद्ध छैन (एफिसी ६:१२)। येशू ख्रीष्टले भन्नुभयो, “दुष्टको सामना नगर; तर जसले तिम्रो दाहिने गालामा थप्पड लाउला, त्यसपट्टि अर्को पनि फर्काइदेऊ” (मत्ती ५:३९)। साँचो ख्रीष्टियनहरू बरू सहन्छन् तर मुद्धामामिला गर्ने, युद्ध गर्ने आदि कार्यहरू गर्दैनन्। ख्रीष्टको मार्ग शान्तिको मार्ग हो। साँचो शान्तिको मार्ग ख्रीष्ट येशूमा छ।
