जीवनको गोरेटोमा

मेरो जन्म २०५२ माघ १४ गतेका दिन ललितपुर स्थित पाटन अस्पतालमा भएको थियो। सानै देखि मनलागेको कुरा नपाए मन दुखाएर बस्ने, बाहिर प्रकट गर्न नखोज्ने प्रवृत्तिको थिएँ। झगडा गर्न र रिसाउन पछि पर्दिन थिए। रिसाउने त बानी नै भईसकेको थियो। मेरो जीवनमा सानै देखि नै केही अवस्मरणीय घटनाहरू घट्न पुगे, जस मध्ये एक थियो, बाइक दुर्घटना। बाईकमा स्कुल जाँदै गर्दा बाटोमा दुर्घटना हुन पुग्यो। दुर्घटनामा मेरो अनुहार बाटोमा घिस्रेर रक्ताम्मे भएको थियो। त्यति बेला राम्रोसंग होशमा थिईन। बेलाबेलामा होश हराउँथ्यो। मेरो कम्जोरीमा परमेश्वरको अनुग्रह ममाथि भएकोले उपचारपछि म घर फर्कन सकें। मैले सानै देखि परमेश्वरको ज्ञान हाँसिल गर्ने मौका पाएको थिएँ। तर मैले त्यो ज्ञानलाई हल्का रुपमा लिएको थिएँ। मैले त्यो ज्ञान लिएर आफ्नो जीवनमा उतार्दिन थिएँ। प्रवचनमा मन लगाउँदिन थिएँ। सुने पनि एउटा कानबाट सुनेर अर्को कानबाट उडाउने गर्थें। तर कुनै कुनै प्रवचन ह्रदयस्पर्शी हुन्थ्यो र म धेरै समयसम्म पनि मनमा लिइरहन्थें। तर मेरो सांसारिक मनले आत्मिक मनलाई जित्दथ्यो र म फेरि पुरानै बाटोमा लाग्दथें।

0 Comments

ख्रीष्टमा परिवर्तीत जीवन

पक्कै पनि हरेक व्यक्तिले बताउनु पर्ने त्यहाँ केहि न केहि कुरा हुन्छ। त्यस्तै गरी, मेरो जीवनमा सबैभन्दा आनन्दित लाग्ने कुरा भनेको मुक्तिको गवाही बताउनु हो। मेरो नाम रोजिना पुरी हो। मेरो जन्म खोटेहाङ गाउँपालिका-८, सिम्पानी, खोटाङमा एक सामान्य हिन्दू परिवारमा भएको हो। मेरो एक दिदी, एक दाइ र भाइ हुनुहुन्छ। म सात वर्षको हुँदा काठमाडौं आएको थिएँ। म काठमाडौं आएको केही समयमा नै बुवा-आमासंग एउटा चर्च जान थालें। म बाल संगतिमा बस्न थालें। मलाई शनिवार चर्च जान मन लाग्थ्यो। सानो नयाँ करारको बाइबल हातमा बोकेर लगातार म बाल-संगति जान्थें। बाल-संगतिमा बाइबलका कथा चित्रहरूको प्रयोग गरि सिकाउनुहुन्थो, भजन सिकाउने, पद कण्ठ गर्न दिनु हुन्थो र ख्रीष्टमसमा उपहार दिने गर्नुहुन्थो। म आफूलाई असल छु, कुनै पाप गरेको छैन जस्तो लाग्थ्यो। जब चर्च अर्कै ठाउँमा सर्‍यो, जान टाढा भयो र मेरो ममीलाई शरीरमा समस्या भयो तब हामी त्यहाँ जान छोडयौं। मेरो ठूली ममीको परिवार सुरु देखि नै सहि बाइबलीय शिक्षा भएको मण्डलीमा जाने गर्नुहुन्थो। हामीहरूले पनि त्यहाँ जाने निर्णय लियौं।

0 Comments

गवाही

मैले क्राउन नेपाल बाइबल कलेज अध्ययन गर्ने क्रममा परमेश्वर‌को ज्ञानद्वारा मेरो आत्मिकी जीवनमा धेरै आशिष को महशुस गरेको छु। मेरो लागि बाइबल कलेज अध्ययन गर्न पाउनु नै ठूलो आशीष हो। परमेश्वरको अनुग्रहमा हाम्रा अगुवाहरूको विश्‍वासयोग्यताको कारण नै हाम्रो लागि बाइबल कलेज अध्ययन गर्न सम्भव भएको हो। शुरुमा बाइबल कलेज अध्ययनलाई मैले हल्का ठानेको थिए। हप्तामा २ घण्टा चर्चमा बाइबल अध्ययनलाई नै पर्याप्त ठान्दथे। तर यति अध्ययन द्वारा मात्र हाम्रो आत्मीकी जिवन बलियो नहुने रहेछ।

0 Comments