मण्डली सभा संचालन शैली
विश्वमा भएका ख्रीष्टिय मण्डलीहरूका आराधना सभा संचालन शैलीहरू फरक फरक रहेको पाइन्छ। कतिपया मण्डलीहरूमा संगीत समूहद्वारा भजन तथा गीतहरू गाउने कार्यहरूमा लामो समय लिएको पाइन्छ। त्यसपछि सूचना तथा जानकारीहरू गराउने गरिएको पाइन्छ। अन्तमा प्रवचन दिने गरिएको पाइन्छ। प्रवचन समय अत्यन्तै छोटो दिइएको पाइन्छ। कतिपया मण्डलीहरूमा भजन गाउने कार्यलाई अत्यन्तै छोटो समय दिइएको तर प्रवचनलाई लामो समय दिइएको देखिन्छ। कतिपया मण्डलीहरूमा रीतिविधिहरूलाई बढावा दिइएको देखिन्छ। प्रार्थनाहरू हृदयबाट अभिव्यक्त नगरी प्रकाशित पुस्तकबाट पढ्ने, मैनवत्ती वाल्ने, क्रूसलाई ढोग्ने लगायतका अबाइबलीया रीतिविधिहरू गरिरहेको पाइन्छ। शिक्षामा पनि विभिधता पाइन्छ। पवित्र शास्त्र बाइबलमा शिक्षामा स्थिर भई अगमवक्ताहरू, प्रेरितहरूद्वारा प्रकाशित परमेश्वरका सत्यतामा रहेर सिकाउनुपर्ने तथ्य स्पष्ट गरी उल्लेख भएका छन्। साथै मण्डली सभा शैली, विधि संबन्धमा कतिपया तथ्यहरू बाइबलमा स्पष्ट रूपमा उल्लेख गरिएका छन्। पावल प्रेरितले १ कोरिन्थी १४:२६ मा मण्डली भेला हुँदा गरिनुपर्ने कार्यहरू र उद्देश्य उल्लेख गरेका छन्, “जब तिमीहरू भेला हुन्छौ, तब तिमीहरूमध्ये हरेकसंग भजन हुन्छ, शिक्षा हुन्छ, भाषा हुन्छ, प्रकाश हुन्छ, अनुवाद हुन्छ। सबै कुराहरू उन्नतिका निम्ति नै गरिऊन्।” प्रेरितहरूको शेषपछि कतिपया वरदानहरूको अन्त भएको थियो जसमध्ये विश्वास नगर्नेहरूका निम्ति परमेश्वरबाट चिन्ह स्वरूप दिइएको वरदान अन्यभाषा एक हो (१ कोरिन्थी १४:२२)।
