जीवनको गोरेटोमा

मेरो जन्म २०५२ माघ १४ गतेका दिन ललितपुर स्थित पाटन अस्पतालमा भएको थियो। सानै देखि मनलागेको कुरा नपाए मन दुखाएर बस्ने, बाहिर प्रकट गर्न नखोज्ने प्रवृत्तिको थिएँ। झगडा गर्न र रिसाउन पछि पर्दिन थिए। रिसाउने त बानी नै भईसकेको थियो। मेरो जीवनमा सानै देखि नै केही अवस्मरणीय घटनाहरू घट्न पुगे, जस मध्ये एक थियो, बाइक दुर्घटना। बाईकमा स्कुल जाँदै गर्दा बाटोमा दुर्घटना हुन पुग्यो। दुर्घटनामा मेरो अनुहार बाटोमा घिस्रेर रक्ताम्मे भएको थियो। त्यति बेला राम्रोसंग होशमा थिईन। बेलाबेलामा होश हराउँथ्यो। मेरो कम्जोरीमा परमेश्वरको अनुग्रह ममाथि भएकोले उपचारपछि म घर फर्कन सकें। मैले सानै देखि परमेश्वरको ज्ञान हाँसिल गर्ने मौका पाएको थिएँ। तर मैले त्यो ज्ञानलाई हल्का रुपमा लिएको थिएँ। मैले त्यो ज्ञान लिएर आफ्नो जीवनमा उतार्दिन थिएँ। प्रवचनमा मन लगाउँदिन थिएँ। सुने पनि एउटा कानबाट सुनेर अर्को कानबाट उडाउने गर्थें। तर कुनै कुनै प्रवचन ह्रदयस्पर्शी हुन्थ्यो र म धेरै समयसम्म पनि मनमा लिइरहन्थें। तर मेरो सांसारिक मनले आत्मिक मनलाई जित्दथ्यो र म फेरि पुरानै बाटोमा लाग्दथें।

0 Comments

परमेश्वरको बोलावट र जीवन यात्रा

जीवन एक यात्रा हो। प्रस्थान विन्दु एक हुन्छ भने यात्रा गन्तव्य अर्को हुन्छ। धर्तीको एक छेउबाट प्रारम्भ भएको यात्रा कुनै स्थानमा टुंगिन्छ। त्यसविच अनेक आरोह-अवरोहरू हुन्छन्, अनेक चुनौति र संघर्षहरू हुन्छन्। तर जीवन लक्ष महत्वपूर्ण हुन्छ। सही लक्षले सहि गन्तव्यमा पुर्‍याउँदछ। लक्षविहिन यात्राले टुंगोमा पुर्‍याउँदैन। अब्राहामले परमेश्वरको बोलावट पाएपछि आफ्नो देश र आफ्ना घरानालाई छोडि परमेश्वरबाट प्राप्त प्रतिज्ञाको देशलाई गन्तव्य बनाई यात्रा प्रारम्भ गरे। उनी हारानमा बस्नु अघि मेसोपोटामियामै हुँदा अर्थात् मेसोपोटामियाको ऊर शहरमा हुँदा महिमाका परमेश्वर देखापर्नुभई भन्नुभएको थियो, “तिमी आफ्नो देशबाट र आफ्ना साखासन्तानहरूको बीचबाट निस्क र त्यस देशमा आऊ, जुन देश म तिमीलाई देखाउनेछु।” तर उनी केही समय हारानमा अल्झिए। यात्रा गन्तव्य मानिसले कहिले काहिँ भुल्न सक्दछ। विविध परिस्थिति र परिवेशद्वारा मानिस अल्झनमा पर्न सक्दछ। अब्राहाम अल्झनमा परेको देखिन्छ। उनलाई ऊरबाट आफू र आफ्ना पत्नी सारा मात्र निस्कन भनिएको थियो तर साथमा उनका बुबा तेरह र भतिज लूतका साथै बुबा पनि थिए। हारानमा उनका बुबा तेरहको मृत्युपछि प्रतिज्ञाको देशमा जान उनलाई हारानमा पुनः परमेश्वरले भन्नुपरेको थियो, “आफ्नो देश, आफ्नो कुटुम्ब र आफ्ना बुबाको घरबाट निस्केर त्यस देशमा जाऊ, जो म तिमीलाई देखाउनेछु!” त्यहाँबाट उनी प्रतिज्ञाको देशतर्फ त गए तर उनका साथमा भतिज लूत पनि थिए। प्रतिज्ञाको देश कनान आइपुगेपछि परमेश्वरले अब्राहामलाई संक्षिप्त रूपमा भन्नुभयो, “यो देश म तिम्रो वंशलाई दिनेछु।” उनले प्रतिज्ञाको देशमा परमप्रभुका निम्ति एक वेदी बनाए र उहाँलाई धन्यवाद दिए। तर केही समयमै प्रतिज्ञाको देशमा घोर अनिकाल पर्‍यो। तब अब्राहाम आफ्नी पत्नी सारा र लूतलाई लिई मिस्रमा बसोबास गर्न गए। यो उनको जीवनको एक ठूलो अल्झन थियो। मिस्रमा उनलाई आर्थिक लाभ त भए तर उनले निकै महत्वपूर्ण कुराहरू गुमाए। मिस्र देशका कारण उनले जीवनमा अनेकौं जटिलताहरू पनि व्यहोरेका थिए। अन्ततः उनी प्रतिज्ञाको देश फर्के। लूत र उनी विच संबन्धहरूमा समस्याहरू वृद्धि भए। उनीहरू एकापसमा छुट्टिए। लूतले परमप्रभुको बगैंचा अनि मिस्र जस्तो देखिने सदोम र गमोरालाई रोजे जहाँ उनले नोक्सानी र विनाश भोग्यो। लूत अलग्गिएपछि मात्रै परमेश्वर अब्राहामसंग प्रतिज्ञाको देश संबन्धमा विस्तृत रूपमा बोल्नुभयो र प्रतिज्ञालाई स्पष्ट पार्नुभयो। अब्राहामलाई दिइएको उक्त देशमा आज पनि उनकै सन्तान इस्रायल सामर्थ्यसाथ बसिरहेका छन्। यही प्रतिज्ञाको देशमा नै मसिह आउनुभयो जसद्वारा “तिमीमा पृथ्वीका सबै कुलहरू आशिषित हुनेछन्” भनी अब्राहामसंग गरिएको प्रतिज्ञा पूरा भयो। यसरी अब्राहाम आफ्नो जीवन यात्राको टुंगोमा पुग्न सफल बने जुन हाम्रो जीवन यात्राको निम्ति एक सुन्दर नमूना हो।

0 Comments