इस्राएल

इजकिएल २३:१-२१ ले के भन्न खोजिएको हो? खास गरी ३,८,१७,२०,२१ पदहरू समावेश गर्न नहुने जस्तो मलाई लागछ। के यी पदहरूलाई बाइबलबाट हटाउँन सकिदैँन? फेरि हटाउँदा प्रकाश २२:१८ को परमेश्वरको चेतावनी सोझै उल्लंघन हुन जान्छ। के बाइबल जस्तो पवित्रशास्त्रमा यस्ता वाक्यहरू उल्लेख गर्नु उचित थियो? कृपया प्रष्ट पारिदिनुहुन्छ कि? ‘अज्ञात’, काठमाडौं एनोन – यहाँको इमान्दारितालाई परमेश्वरले आशिष दिऊन्। इजकिएल २३:१-२१ यसो हेर्दा फोहोर विवरणझैं लाग्छ। तर यो भाग इस्राएल र यहूदाको फोहोरी हृदय देखाउने परमेश्वरको पवित्र वचन हो। पवित्र आत्मा पापको विषयमा कायल पार्ने काम गर्नुहुन्छ (यूहन्ना १६:८)। इजकिएल २३:१-२१ इस्राएल र यहूदाको वास्तविक इतिहासको सुन्दर विवरण हो। ओहोला र ओहोलिवाको यस दृष्टान्तमा ओहोला इस्राएल (१० कुल) को राजधानी सामरिया हो र ओहोलिया (२ कुल) को राजधानी यरूशलेम हो (२३:१)। राजा सुलेमानको शेष पछि सिङ्गो देश खण्डमा विभक्त भए। १) उत्तरी खण्ड: जसलाई इस्राएल नामले चिनियो जसको राजधानी सामरिया थियो।

0 Comments

ख्रीष्टमा परिवर्तीत जीवन

पक्कै पनि हरेक व्यक्तिले बताउनु पर्ने त्यहाँ केहि न केहि कुरा हुन्छ। त्यस्तै गरी, मेरो जीवनमा सबैभन्दा आनन्दित लाग्ने कुरा भनेको मुक्तिको गवाही बताउनु हो। मेरो नाम रोजिना पुरी हो। मेरो जन्म खोटेहाङ गाउँपालिका-८, सिम्पानी, खोटाङमा एक सामान्य हिन्दू परिवारमा भएको हो। मेरो एक दिदी, एक दाइ र भाइ हुनुहुन्छ। म सात वर्षको हुँदा काठमाडौं आएको थिएँ। म काठमाडौं आएको केही समयमा नै बुवा-आमासंग एउटा चर्च जान थालें। म बाल संगतिमा बस्न थालें। मलाई शनिवार चर्च जान मन लाग्थ्यो। सानो नयाँ करारको बाइबल हातमा बोकेर लगातार म बाल-संगति जान्थें। बाल-संगतिमा बाइबलका कथा चित्रहरूको प्रयोग गरि सिकाउनुहुन्थो, भजन सिकाउने, पद कण्ठ गर्न दिनु हुन्थो र ख्रीष्टमसमा उपहार दिने गर्नुहुन्थो। म आफूलाई असल छु, कुनै पाप गरेको छैन जस्तो लाग्थ्यो। जब चर्च अर्कै ठाउँमा सर्‍यो, जान टाढा भयो र मेरो ममीलाई शरीरमा समस्या भयो तब हामी त्यहाँ जान छोडयौं। मेरो ठूली ममीको परिवार सुरु देखि नै सहि बाइबलीय शिक्षा भएको मण्डलीमा जाने गर्नुहुन्थो। हामीहरूले पनि त्यहाँ जाने निर्णय लियौं।

0 Comments

ख्रीष्ट र ख्रीष्टमसविचको तादात्म्यता

आज विश्वभर ख्रीष्टमस चाड ख्रीष्टको जन्मोत्सवको रूपमा परिचित छ। के ख्रीष्टको जन्मदिन यकिन भएको छ? उहाँ कुन दिन जन्मनुभयो? यसबारे के बाइबलले स्पष्ट रूपमा उल्लेख गरेको छ? के ख्रीष्ट र ख्रीष्टमस विचमा कुनै तादात्म्यता छ? के ख्रीष्टले ख्रीष्टमस मनाउनुभयो? के उहाँले आफ्ना चेलाहरूलाई ख्रीष्टमस मनाउन आज्ञा दिनुभएको थियो? यी सबै प्रश्नहरू अनुत्तरित रहेका छन्। उहाँको जन्मदिन यकिन गरिएको छैन। न येशूले ख्रीष्टमस मनाउनुभयो न उहाँले ख्रीष्टमस मनाउन चेलाहरूलाई कुनै आज्ञा वा निर्देशन नै दिनुभयो। बाइबलमा कसैले पनि ख्रीष्टमस मनाएको विवरण छैन। ख्रीष्टको जन्म दिन अज्ञात रहेको छ। ख्रीष्टको जन्मको सबैभन्दा विस्तृत विवरण लूका २:१-८ मा दिइएको छ। यहाँ उल्लेख गरिएको छ कि येशूको जन्मको समयमा जनगणना लिने कार्य भइरहेको थियो। लेखिएको छ, “अनि त्यही इलाकामा राती आफ्नो बगालको हेरचाह गर्दै बारीमा बसिरहेका गोठालाहरू थिए।” इस्रायलमा जाडो समयमा झरी पर्ने र जाडो हुने गर्दछ। त्यस्तो समयमा जनगणना गरिनु चुनौतिपूर्ण हुन्छ। जाडो मौसममा गोठालाहरू राती खुला मैदानमा बस्दैनन्। यी विविध कारणहरूले गर्दा येशूको जन्म जाडो मौसममा भएको कुरामा आशंका रहेको छ। मूल कुरा त ख्रीष्टको जन्म डिसेम्वर २५ मा भएको यकिन भएकै छैन। परमेश्वरले येशूको जन्म दिनलाई अज्ञात राख्न चाहानुभयो। मानिसमा स्वाभाविक रूपमा देखिने कुरालाई वा तोकिएको दिनलाई बढवा दिने प्रवृत्तिको रहेको छ। उहाँको जन्म दिन अज्ञात रहँदा त आज त्यति भव्यताका साथ ख्रीष्टमस मनाउँछन् भने दिनै तोकिदा ख्रीष्टको जन्मोत्सव कुन प्रकृतिको हुन्थ्यो होला। मोशाको शवलाई परमेश्वरले अज्ञात स्थानमा दफन गर्नुभयो। तर यसमा शैतानले विवाद गरेका थिए (यहूदा ९)। उनी चाहान्थे कि देखिने स्थानमा दफन हुनुपर्दछ। यदि मोशाको शव देखिने स्थानमा दफन गरिएको भए उक्त स्थानलाई निश्चय तिर्थस्थल वा धार्मिक स्थल बनाई मूर्तिपूजामा परिणत गरिनेथियो।

0 Comments