साँचो ज्ञान

हितोपदेश १:७ मा लेखिएको छ, “परमप्रभुको भय नै ज्ञानको शुरू हो; तर मूर्खहरूले बुद्धि र शिक्षालाई तुच्छ ठान्छन्।” संसार ज्ञानको खोजमा डुबेको छ। ज्ञानको लागि नै सानैदेखि नानीहरूलाई धेरै खर्च गरेर आमाबूबाले स्कुल पठाउँछन्। ज्ञानकै खोजिमा धेरै वर्ष एक युवाले शैक्षिक संस्थाहरूमा समय बिताउँछ। शैक्षिक संस्थाहरू पनि ज्ञान र शिक्षा दिने वाचासहित राम्रै शुल्क लिन्छन्। तर धेरै वर्ष शैक्षिक संस्थामा अध्ययन गर्दैमा ज्ञान प्राप्‍त हुन्छ भन्‍ने निश्‍चयता हुँदैन। विश्‍वकै उत्कृष्ट विद्यालय र कलेजहरूमा अध्ययन गरे पनि साँचो ज्ञान पाइन्छ भन्‍ने निश्‍चित हुँदैन। बाइबल अनुसार त साँचो ज्ञान परमेश्‍वरको भयबाट शुरू हुँदछ! कुनै शैक्षिक संस्थाको डिप्लोमा पाउँदैमा साँचो ज्ञान पाइन्न। तर परमेश्‍वरको भय नै ज्ञानको शुरू हो!

0 Comments