• Post category:लेख
  • Post last modified:कार्तिक २९, २०८१
  • Reading time:3 mins read

साधारण भाषामा विश्वास भन्नाले निर्भरता वा भरोसा भन्ने बुविन्छ। कुनै वस्तु वा व्यक्तिमा विश्वास राख्नुको अर्थ आफैंमा होइन तर त्यस वस्तु वा व्यक्तिमा पूर्ण भरोसा राख्नु हो। अनुग्रह परमेश्वरको निगाह हो, जुन चाहिँ हामीले पाउन नपर्ने कुरा हो। मुक्ति चाहिँ परमेश्वरले दिनुभएको सित्तैको उपहार हो।

परमेश्वरले अनुग्रहद्वारा मुक्ति दिन चाहानुभयो भन्ने कुरा बाइबलमा स्पष्ट रुपमा प्रस्तुत गरेको पाइन्छ। अब जसले काम गर्दछ, त्यसका निम्ति ज्याला अनुग्रह होइन, तर हक ठहरिन्छ। तर जसले काम गर्दैन, तर भक्तिहीनलाई धमी ठहराउनुहुने माथि विश्वास राख्छ, उसका निम्ति उसको विश्वास धावमभकता ठहरिन्छ (रोमी ४:४,५)। किनकि पापको ज्याला मृत्यु हो; तर परमेश्वरको अनुग्रहको वरदानचाहिँ हाम्रा प्रभु येशू ख्रीष्टमा अनन्त जीवन हो (रोमी ६:२३)। किनकि तिमीहरूले विश्वासद्वारा अनुग्रहले मुक्ति पाएका छौ; अनि यो तिमीहरू आफैंबाटको होइन, यो परमेश्वरको दान हो; कामहरूबाट होइन, नत्र ता कसैले घमण्ड गनेछ (एफेसी २:९)।

बाइबलीय अर्थमा, उपहार भन्नाले दिने व्यक्तिले पछि केही पाउँला भन्ने कति पनि अपेक्षा नगरिकन एउटा व्यक्तिले अको व्यक्तिलाई केही चिज प्रदान गर्नु हो। अब एउटा पापी व्यक्तिले कसरी मुक्तिको उपहार प्राप्त गर्दछ? प्रभु येशू ख्रीष्टमा विश्वास गरेर मुक्तिको उपहार प्राप्त हुदँछ। किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्नो एकमात्र जन्माइएको पुत्रलाई दिनुभयो, उहाँमाथि विश्वास गने कोही पनि नष्ट नहोस्, तर उसले अनन्त जीवन पाओस् (यूहन्ना ३:१६)। जसले पुत्रमाथि विश्वास गर्दछ, ऊसँग अनन्त जीवन हुन्छ; अनि जसले पुत्रलाई विश्वास गर्दैन, त्यसले जीवन देख्ने छैन, तर परमेश्वरको क्रोध त्यसमाथि रहन्छ। येशू ख्रीष्ट माथि विश्वास गर्नु भनेको आफ्ना पापहरू स्वीकार गर्नु, उहाँ नै मेरो पापको निम्ति मर्नुभयो, गाडिनुभयो र तेस्रो दिनमा बौरीउठ्नुभयो भनी आफ्नो व्यक्तिगत रुपमा प्रभु र मुक्तिदाता भनी विश्वास गर्नु हो (यूहन्ना १:१२), आफ्नो ह्रदयको ढोका खोल्नु र उहाँलाई भित्र आउन दिनु हो (प्रकाश ३:२०), उहाँमा नै आफ्नो जीवन समपर्ण गर्नु हो।

विश्वास कुनै शर्त होइन, जसद्वारा मानिसले मुक्ति आर्जन गर्दछ तर यो त मुक्तिको उपहार मात्रै हो। विश्वास कुनै प्रशंसानीय थोक होइन। परमेश्वरको अनुग्रहद्वारा मुक्ति प्राप्त गर्न येशू ख्रीष्टमा भरोसा गर्नुपर्दछ। हाम्रो विश्वासका दुई वटा महत्वपूर्ण तथ्यहरू,

१. हाम्रो विश्वासको मात्रासंग मुक्ति निर्भर रहँदैन तर मुक्ति त हाम्रो विश्वासको पात्रसंग निर्भर रहँदछ।

२. मुक्तिको निम्ति विश्वास र काम कहिल्यै पनि छ्यासमिस गर्न मिल्दैन। ख्रीष्टमा विश्वास अनि काम दुवैद्वारा मुक्ति पाउँदैनौं, तर ख्रीष्टमा केवल विश्वासद्वारा मुक्ति पाउँदछौँ। तर अनुग्रहद्वारा हो भने यो कामहरूद्वारा हुँदै होइन, नत्र ता अनुग्रह नै हुँदैन। तर यो चाहिँ कामहरूद्वारा हो भने यो अनुग्रह नै होइन; नत्र ता काम काम नै होइन (रोमी ११:६)। काम र विश्वास पारस्परिक रूपमा समावेशी नभएका कुरामा हामी देख्न सक्छौं। हामीले कि त एउटालाई लिनुपर्छ वा अपनाउनुपर्छ। किनभने हामीले दुवै एकैचोटि लिन अर्थात् सेवा गर्न सक्दैनौं। परमेश्वरले किन असल कार्यको सिद्वान्तमा आधारित मुक्ति दिने निर्णय गर्नुभएन?

१. मानिसले आफूलाई बचाउन सक्ने भए, ऊ आफैं आफ्नो मुक्तिदाता बन्ने थियो तर यो असम्भव छ। व्यक्ति पुज्नु त दश आज्ञाको पहिलो निषेधित आज्ञा हो, जहाँ लेखिएको छ “मेरो सामु तिम्रा अरु कुनै ईश्वरहरू हुनुहुँदैन (प्रस्थान २०:३)।

२. कामद्वारा मुक्ति पाइन्छ भन्ने अवधारणा चाहिँ “रगत नबगाइकन पाप क्षमा हुँदैन भन्ने तत्थको विपरित धारणा हो (हिब्रु ९:२२)। असल कार्य भित्र मुक्तिको स्थान छैन।

३. असल कार्य गरेर स्वर्ग प्राप्त गर्न सक्छु भनी सोच्नेहरूलाई परमेश्वरले पूर्ण शिद्वान्तको माग गर्नुहुन्छ भन्ने कुरा बिर्सेका छन्। दश आज्ञाहरूमध्ये नौ वटा आज्ञाहरू पालन गरेर मात्रै पनि हुँदैन। परमेश्वर अधुरो आज्ञाकारिकता चाहनुहुन्न (याकुब २:१०)।

४. ख्रीष्टले मुक्तिको कार्य समापन गर्नुभएको हुनाले मानवजातिले मुक्तिमा केही पनि थप घट गर्न सक्दैन (१ तिमोथी १:१५)।

परमेश्वरको अनुग्रह उहाँले मानवजातिलाई आफ्नो पुत्र येशू ख्रीष्टको क्रूसको बलिदानद्वारा हामीलाई सित्तैमा बचाउनुभएको छ। यदि तिमीले आफ्नो मुखले प्रभु येशूलाई स्वीकार गर्‍यो भने र परमेश्वरले उहाँलाई मरेकाहरूबाट बौराएर उठाउनुभयो भनी आफ्नो ह्रदयमा विश्वास गर्‍यौं भने तिमीले मुक्ति पाउनेछौ (रोमी १०:१०)। त्यसकारण विश्वासद्वारा अनुग्रहले मुक्ति प्राप्त गर्दछ। उहाँले आफ्नो महिमाको खातिर असल कार्यहरू उत्पन्न गने सामर्थ्य पनि दिनुहुन्छ। साथै असल फल फलाएपछि इनाम पनि प्रदान गर्नुहुन्छ।

Leave a Reply