बीउ छर्ने दृष्टान्त अन्तर्गत तेस्रो हृदयचाहिँ त्यो हो जुन काँडाहरूले घेरिएको छ। कुनै पनि कुरा जसले घेरा हाली ख्रीष्टलाई तपाईको जीवन देखि बाहिर ल्याउँदछ भने त्यो काँडा हो याद राख्नुहोस् त्यो जे पनि हुनसक्छ, राम्रो कुरा पनि किन नहोस्। शायद अरूहरूले भन्लान्, “ त्यो सुन्दर छ”, तर यदि ख्रीष्ट बाहिरिनुभएको छ भने, त्यो काँडा हो। परमेश्वरको वचनले मत्ती १३ को २२ पदमा भन्दछ,
“अनि काँडाहरूका बीचमा छरिएको चाँहि यो हो, जसले वचन सुन्छ; अनि यस संसारको फिक्री र धनसम्पत्तिको धोकाले वचनलाई निसास्याइदिन्छ, र यो फलहीन बन्छ”। – मत्ती १३ : २२
यस संसारको धनसम्पत्तिको बारेमा ज्यादै चासो राख्दा अरु मानिसहरूले देख्दा तपाई दुष्ट हुनैपर्छ भन्ने होइन। धेरै मानिसहरू जस्तो उनीहरूले जिउनुपर्ने त्यसरी ख्रीष्टको लागी जिउँदैनन् कारण तिनीहरू धनसम्पत्तिलाई प्रेम गर्छन्। तपाईको जीवनमा धनले कुन स्थान ओगटेको छ? तपाई त्यसको चिन्ता कतिको गर्नुहुन्छ? त्यसको बारेमा तपाई कतिको चर्चा गर्नुहुन्छ? परमेश्वरले हाम्रा खाँचोहरूमा प्रबन्ध गर्न सक्षम हुनुहुन्छ भनी के तपाई विश्वास गर्नुहुन्छ? के तपाई परमेश्वरको ज्यादा आर्थिक विस्तारले धनप्रतिको लोभ बढेको छ कि?
जब हामी प्रभु येशूलाई हामीसित बोल्न अनुमति दिँदछौं, तब उहाँले हामीलाई ती गलत कुराहरू प्रति दोषी ठहराउनुहुन्छ जसमा हामीले गलत उद्देश्यको लागि बेसी जोड दिएका छौं। काँडाहरूले घेरिएको हृदयचाँहि त्यो हृदय हो जसमा ख्रीष्टको निम्ति थोरै मात्र स्थान दिइएको छ।
उहाँलाई बाहिर पन्छाउँछ, त्यो काँडा हो।
संसारको फिक्री र धनसम्पत्तिको धोका वचनलाई फल्न दिदैंन, काम गर्न दिँदैन । अन्तत हामी फलहीन बन्छौं। आज तपाईको जीवनमा यस्ता काँडाहरू छन् की? तपाईको काँडाहरूको बीचको जमिन जस्तो पो भएको छ की?
