ह्विटलको जन्म सन् १८४० नोभेम्बर २२ मा म्यासाचुसेट्स राज्यको चिकोपी फल्समा भएको थियो। तिनको नाम डेनियल वेब्स्टरबाट आएको हो, एक राजनीतिज्ञ जसको प्रशंसा उनका बुबाले धेरै गर्थे। परिवारमा अरू तीन जना दाजुभाईहरू पनि थिए र युद्ध सुरु हुनुभन्दा अघि तिनीहरू सबै न्यू इङ्ल्यान्ड छोडेर पश्चिमी राज्यहरूका लागि निस्के र शिकागोमा बसोबास गरिरहेका युवाहरूसंग सामेल भएका थिए। व्हिटल भने क्यासियरको रूपमा वेल्स फार्गो बैंकमा काम गर्न थाले। तिनले चाँडै नै शहरको सबैभन्दा ठूलो टेबरनेकल सन्डे-स्कूलमा चासो देखाए र समय बित्दै जाँदा यसको प्रधानध्यापक भए।
तिनले धार्मिक कुराहरूमा आफ्नो पहिलो गहिरो चासो कहिले राखे भनेर भन्न गाह्रो हुनेछ; एउटी दयालु ख्रीष्टियन आमाबाट जन्मेका तिनले सानैछँदा हृदयमा परमेश्वरको प्रेम र अनुग्रहको अर्थ के हुन सक्छ भनेर सिकेका हुन सक्छन्; तर विशेष कुरा यो हो कि उनले आफ्नो हृदय र जीवन परमेश्वरलाई समर्पण गरे। एक रात मध्यरातमा बैंकमा रातको पहरेदारको रूपमा काम गरिरहँदा, गरिएको जीवन समर्पण सम्बन्धमा यसरी गवाही दिएका छन्: “म तिजोरीमा गएँ र त्यो शान्त ठाउँको मृत सन्नाटामा मैले मेरो स्वर्गीय पितालाई उहाँले चाहनुभएझैं प्रयोग गर्न आफ्नो जीवन अर्पण गरें।”
सन्डे स्कूल अफ द टेबरनेकलमा आफ्नो कामको माध्यमबाट उनले मिस एबी ह्यान्सेनलाई भेटे, जो पछि उनकी पत्नी बनिन्। उनी सन् १८६१ मा ७२ डी इलिनोइस इन्फेन्ट्रीमा कम्पनी बी मा सेकेन्ड लेफ्टिनेन्टको रूपमा भर्ती भएका थिए। यद्यपि, रेजिमेन्टलाई सन् १८६२ सम्म दक्षिणमा पठाइएको थिएन, प्रस्थान गर्नुभन्दा अघिल्लो रात, अगस्ट २२ मा,उनले मिस ह्यान्सनसँग विवाह गरे, तर अर्को दिन अलग्गिएका थिए र एक वर्षभन्दा बढी समय अलग्गै बसेका थिए।
व्हिटलले युद्धको बाँकी समयमा फौजमा सेवारत रहे; जनरल हावर्डको स्टाफमा सेकेन्ड-इन-कमान्ड बने र शेरमनसँग समुद्रमा मार्च गर्ने क्रममा विक्सबर्गमा घाइते भए। युद्धको अन्त्यमा उनलाई “मेजर” भनिएको थियो र यो उपाधि उनको नामबाट कहिल्यै अलग गरिएको थिएन। उनको घाइते कप्तानको सट्टा आक्रमणको नेतृत्व गर्ने क्रममा उनको हातमा गोली लागेको थियो, र जब उनी विक्सबर्गबाट घाइते भएर फर्के, तब उनले पहिलो पटक त्यस व्यक्तिलाई भेटे जसले उनको जीवनमा धेरै प्रभाव पार्यो उनी थिए – डी.एल.मूडी। मेजर ह्विटलको आफ्नै शब्दमा यो घटना यस प्रकार छ:
“टेबरनेकलमा एउटा ठूलो सभा आयोजना गरिएको थियो र केही मद्दत पाएर म उपस्थित हुन सकें, यद्यपि म रगतको कमीको कारण कमजोर थिएँ र मेरो पाखुरामा प्लास्टर थियो। मलाई बोल्न बोलाइयो र कमजोर महसुस गर्दै बिस्तारै उठ्दै गर्दा एकजना शक्तिशाली आवाजका साथ चिच्यायो: “केटाहरू, उहाँलाई तीन राउन्ड ताली दिनुहोस्,”
अनि सबैले उत्साहका साथ ताली बजाइए। ती दिनहरूमा हरेक हृदय देशभक्तिले भरिएको थियो, र नीलो वर्दीमा एक घाइते सिपाहीको दृश्यले रगत प्रवाहलाई छिटो बनायो। यो दयालु विचार र चर्को जयजयकारले मेरो रगत प्रवाहलाई बढायो; म उनीहरूप्रति कति कृतज्ञ थिएँ – अनि “उसलाई तीन राउन्ड ताली बजाउनुहोस्” भनेर चिच्याउने, व्यक्ति थिए ड्वाइट एल.मुडी, त्यो क्षणदेखि मेरो लागि उनको मित्रताको अर्थ यही थियो; उत्तेजक, प्रोत्साहन, एक आँखाको झपकीमा सम्पूर्ण स्थिति बुझ्ने – जवान सिपाहीको लज्जा, मद्दत को एक दयालु शब्दको लागि उनको आवश्यकता।
गृहयुद्ध पछि, मेजर व्हिटलले एल्गिन वाच कम्पनीमा काम गर्न थाले र मुख्यतः डीएल मूडीको प्रभावको कारण, जो पहिले नै सुसमाचार प्रचार कार्यमा संलग्न थिए, उनले आफ्नो व्यवसाय त्यागे र प्रचारक बने। उनको साथ सधैं एक इभान्जेलिकल गायक थिए, र उनीसंग सम्बन्धित पहिलो व्यक्ति श्री पी.पी. ब्लिस थिए, जसको भयानक दुर्घटनामा दुखद मृत्युले एउटा सुमधुर सम्बन्ध समाप्त भयो।
मेजर ह्विटलले सन् १८७५ मा आफ्नो पहिलो भजन लेखे, “ख्रीष्ट सब थोक हुनुहुन्छ।” उनले यसमा संगीत रचना गर्न ब्लिसलाई दिएका थिए, र उनको मृत्यु पछि शब्दहरू उनका कागजातहरूमा फेला परे र पछि जेम्स म्याकग्रानहनद्वारा संगीत रचना गरिएको थियो, जसले ब्लिसलाई गायनमा मेजर व्हिटलको साथीको स्थापित गरे।
उनका पहिलेका अधिकांश भजनहरूमा म्याकग्रानाहनले संगीत रचना गरे – “मुकुट पहिराइने दिन,” “आशीषको झरी,” र “तर कसमाथि विश्वास राखे सो जान्दछु म” यी त्यसका केहि उदाहरण मध्ये एक थिए। तिनीहरूले वेलायतमा धेरै पटक सँगै यात्रा गरे, र लगभग १८९० सम्म सहकार्य गरे। म्याकग्रानाहनको स्वास्थ्य बिग्रन थालेपछि जियो ओ.स्टेबिन्सले उनको स्थान लिए। जियो ओ.स्टेबिन्सले सुसमाचारका आत्मिक गीतहरूमा उत्कृष्ट संगीत रचना गरे। उनको सबैभन्दा सुन्दर रचनाहरू मध्येमा मेजर व्हिटलको शब्दहरूको लागि रचना गरिएको “हाम्रो दृष्टिभन्दा पर” पनि रहेको छ।
आफ्नो भजनको बारेमा बोल्दै उनले एक पटक भने, “मलाई आशा छ कि म कहिल्यै पनि यस्तो भजन लेख्ने छैन जसमा सन्देश समावेश छैन। त्यहाँ धेरै भजनहरू छन् जसमा अर्थहीन शब्दहरू थुप्रिएका छन्। एउटा भजन असल हुनको लागि, भजन परमेश्वरको वचनमा आधारित हुनुपर्छ र परमेश्वरको प्रेमको सन्देश हुनुपर्छ।” उनी यो पनि विश्वास गर्छन् कि सुसमाचारका गीतहरूलाई आदरपूर्वक व्यवहार गर्नुपर्छ र तिनीहरूलाई असल बनाउन धेरै मेहनत गर्नुपर्छ। उनले मिटर वा तालको कुनै पनि नियमहरूलाई बेवास्ता गरेनन्। तिनले चर्चका पुराना भजनहरूको निकै प्रशंसा गरे र ती भजनहरूलाई सबै भजन लेखकहरूका लागि मानक हुनुपर्छ र सबै भजन लेखकहरूले उनीहरूको उदाहरण पछ्याउनुपर्छ भन्ने सोचाइ उनी राख्थे। उनले लगभग दुई सय भजनहरू रचना गरे। मूडीले भने, ‘मलाई लाग्छ मेजर ह्विटलले यस शताब्दीका केही उत्कृष्ट भजनहरू लेखेका छन्।’ उनको अन्तिम भजन सन् १९०१ मा उनको मृत्युशैयाबाट रचिएको थियो। अविश्वासनीय पीडामा मेजरले हाम्रा महान प्रधान पूजाहारी येशूले स्वर्गबाट आफ्ना सन्तहरूको सेवा गरिरहनुभएको बारे लेखे। चौथो र पाँचौं पंक्तिमा यस्तो लेखिएको छ:
तर परमप्रभु उही हुनुहुन्छ।
उहाँ विश्वासयोग्य रहनुहुन्छ;
अनि उहाँको वचनमा मेरो प्राणले विश्राम पाउनेछ।
किनभने उहाँ मेरो साथमा हुनुहुन्छ।
मेजर डी डब्ल्यू व्हिटलको ४ मार्च, १९०१ को म्यासाचुसेट्सको नर्थफील्डमा मृत्यु भएको थियो।
