• Post category:जीवनी
  • Post last modified:अशोज १४, २०८१
  • Reading time:5 mins read
म्याक तथा नरोला सांगलीर

               म नागाल्याण्ड राज्यबाट हुँ जो भारतको उत्तरपूर्वमा पर्दछ जहाँ ९०% ईशाई छन्। म ख्रीष्टियन परिवारमा जन्मेको थिएँ तर ख्रीष्ट बिनाको थिएँ। म हाम्रो परिवारको ४ जनामध्ये जेठो छोरा हुँ। तर म परिवारको कालो भेडा थिएँ । यसले मेरी आमाको हृदय तोड्यो त्यसैले १९७६ को जनवरीमा, मेरी आमाले मलाई गाडी दुर्घटनाद्वारा परमेश्वरले बोलाउनको लागि प्रार्थना गर्न थाल्नुभयो। १५ अप्रिल, १९७६ मा, म एक घातक दुर्घटनामा परें र तीन दिनसम्म बेहोश थिएँ। म अस्पतालमा हुँदा, पास्टर र केही विश्वासीहरू मलाई भेट्न र परमेश्वरको प्रेम बाँड्न आए तर म ती गवाहीहरु सुन्न चाहादिन थिएँ। तर परमेश्वरले मेरो जीवनमा कसरी काम गर्न थाल्नुभयो भन्ने कुराको सुरुवात त्यही घटना थियो। म पछि मण्डलीको सभामा भाग लिन गएँ जहाँ मैले पहिलो पटक येशू मेरो पापको लागि मर्नुभयो भन्ने सुसमाचार स्पष्ट रूपमा सुनें। त्यो रात मैले मेरो जीवन ख्रीष्टलाई दिएँ र उहाँले मेरा सबै पापहरू क्षमा गर्नुभयो र मलाई नयाँ जीवन दिनुभयो। जब म घर गएँ, मेरी आमाको आँसुले मलाई बताएको थियो कि त्यो रात प्रभुले उहाँलाई जवाफ दिनुभएको छ। उहाँले मलाई यो पनि भन्नुभयो कि उहाँको प्रार्थनाको कारण दुर्घटना भएको हो। मेरो परिवारसँग मेलमिलापको मीठो समय भयो। त्यस दिनदेखि प्रभुले मेरो हृदयमा अपरिचित मानिसहरूलाई सुसमाचार बाँड्ने इच्छा र बोझ राख्नुभयो। म त्यतिबेला कलेजमा पढिरहेको थिएँ तर प्रभुले मेरो अध्ययनलाई निर्देशन गर्नुभयो र म बाइबल कलेजमा गएँ। मेरो स्नातक पछि, प्रभुले मलाई जनवरी, १९८२ मा एक मिसनरीको रूपमा नेपाल जानको लागि ढोका खोलिदिनुभयो।

हामी नेपालमा मण्डली स्थापना गर्ने मिसनरीहरूको रुपमा थियौं। प्रभुले हामीलाई हाम्रा अन्य मिसनरी साथीहरूसँग उहाँको मण्डली निर्माण गर्न प्रयोग गर्नुभयो र हामीले मण्डलीलाई काठमाडौं ब्याप्टिस्ट चर्च नाम दियौं। प्रभुले नेपालमा विभिन्न ठाउँमा थप मण्डलीहरू बढाउनुभएको छ। हाम्रा दुई छोराहरू, स्टीफन र जेसन त्यहाँ जन्मेका थिए।

सन् १९९० मा उत्तरी थाइल्याण्डको म्होङ पहाडी जनजातिहरूका बीचमा उहाँको सेवा गर्न प्रभुले हामीलाई बोलाउनुभयो। हाम्रो छोरी फिबी थाइल्याण्डमा जन्मिएकी थिइन् । काठमाण्डौ ब्याप्टिस्ट चर्चले हामीलाई उनीहरूको विचमा थाइल्याण्डमा काम गर्न पठायो। हामी लाओसको सिमाना नजिक रहेको नान प्रान्तको पुआमा सरेको ३४ वर्ष भइसक्यो । हाम्रो मूख्य ध्यान मण्डली स्थापना, नेतृत्व प्रशिक्षण, र म्होङ मानिसहरूका विद्यार्थीहरू विच सेवाकाई हो। हप्ताका दिनहरूमा, हामी बाल गृहमा विद्यार्थीहरूसँग हरेक रात बाइबल अध्ययनमा संलग्न हुन्छौं। गाउँहरूमा कुनै सार्वजनिक यातायात छैन त्यसैले हरेक सप्ताहान्तमा हामी हाम्रो ट्रकमा हाम्रो म्याट, सुत्ने झोला, लामखुट्टे झुल, खाना र गाउँको सेवाको लागि पहाडहरू चढ्छौं।

म्होङ पृष्ठभूमि: म्होङ मानिसहरूले अमेरिकी सेना (जी.आई) लाई भियतनाम र लाओसमा कम्युनिस्टहरू विरुद्ध लड्न मद्दत गरेका थिए। तिनीहरू भियतनाम युद्धको समयमा लाओसबाट शरणार्थीहरू भई थाइल्याण्डमा आएका थिए।

म्होङ शरणार्थी

ग्रेट कमिसनले प्रारम्भिक वर्षहरूमा शरणार्थी शिविरमा म्होङ मानिसहरूसँग काम गर्‍यो। सन् १९९० मा, सबै शरणार्थी शिविरहरू बन्द भयो र थाई सरकारले तिनीहरूलाई लाओसको सीमा नजिकै उत्तर थाइल्याण्डको पहाडहरूमा विभिन्न गाउँहरूमा पुनर्वास गरायो। त्यतिबेला हाम्रो परिवार वरिष्ठ मिसनरी डन र क्याथी रुलिसनसँग सामेल भयो। हामीले म्होङ मानिसलाई तिनीहरूको नयाँ गाउँहरूमा पछ्यायौं र मण्डलीहरू सुरु गर्‍यौं। हामीसँग विभिन्न गाउँमा ४ वटा मण्डलीहरू छन् ।

बाल गृह: क्याथीज् होम मे २००० मा, सुरु भएको थियो, किनकि थाई शैक्षिक वर्ष मे मा सुरु हुन्छ। प्रभुले हामीलाई म्होङ नानीहरूको लागि यो होम सुरु गर्न अगुवाइ गर्नुभयो ताकि उनीहरूले पहाडी गाउँहरू बस्ने आफ्नो परिवारबाट टाढा सहरको स्थानीय थाई सरकारी विद्यालयहरूमा पढ्दा उनीहरूले बस्ने ठाउँ पाउन सकून्। हामीले डन र क्याथी रुलिसनसँग सँगै काम गर्ने सुअवसर पाएका थियौं जसले ४० वर्ष भन्दा बढी समयसम्म म्होङ मिशन क्षेत्रमा काम गरेका थिए। क्याथी प्रभुमा सुतेपछि हामीले यसको नाम ‘क्याथीज् होम’ राख्यौं।

तस्बिरः क्याथीज् होम

यसरी प्रभुले हामीलाई म्होङ नानीहरूको लागि यो घर सुरु गर्न नेतृत्व गर्नुभयो। प्रत्येक सप्ताहान्तमा, हामी परिवारको रूपमा लाओसको सिमानामा रहेका विभिन्न पहाडी गाउँहरूमा ख्रीष्टको प्रेम बाँड्न र सम्बन्ध निर्माण गर्न म्होङ गाउँहरूमा जान्थ्यौं। जब मैले ठूलाहरूलाई सिकाउँथे, नरोलाले नानीहरूलाई सन्डे स्कूलमा लैजानुहुन्थ्यो। सन् १९९९ मा एक आइतवार बिहान, नरोलाले आफ्नो सन्डे स्कूलको कक्षामा साना केटीहरू सहित केही बालबालिका नभएको देखिन्। ती नानीहरू किन नआएको भनेर सोध्दा उनीहरू नि:शुल्क शिक्षा पाउनको लागि मध्य थाइल्यान्डमा बौद्ध मन्दिरहरूमा गएको बताइन्।

यो हाम्रो लागि एकदमै हैरानी कुरा थियो किनभने हामीले सोचेका थियौं कि केटाहरू मात्र मन्दिर जान्छन्। साना केटीहरू पनि मन्दिरमा बस्न गएको देखेर हाम्रो हृदय छोयो। त्यसबेला देखि हामीले म्होङ परिवारहरूलाई उनीहरूको शैक्षिक वर्ष जुनचाहिँ मे देखि मार्चको सुरुसम्म हुन्छ त्यस समयमा पुआ शहरमा हामीसँग बस्नको लागि ठाउँ प्रदान गरेर म्होङ परिवारहरूलाई मद्दत गर्न प्रार्थना गरिरहेका थियौं ।

यो प्रभुले हाम्रो परिवारमा राख्नुभएको बोझ थियो र यो विश्वासको ठूलो कदम थियो जुन हामीले यो प्रार्थनाको साथ उठाएका थियौं, “आज हामीलाई हाम्रो दिनहुँको रोटी दिनुहोस्”। गाउँहरूमा कक्षा ६ सम्म विद्यालयहरू छन् तर त्यस पछि उनीहरूले कक्षा ७ देखि १२ सम्मका लागि नजिकैका थाई शहरहरूमा जानुपर्छ। २ महिनाको गर्मी बिदामा, बौद्ध भिक्षुहरू गाउँमा नि:शुल्क शिक्षा दिन र विद्यामन्दिरमा लैजानको लागि यातायातको व्यवस्था गर्न आउँछन्। म्होङ परिवारहरू यति गरिब छन् कि उनीहरूले यो नि: शुल्क शिक्षा रोज्छन् यद्यपि म्होङ मानिसहरू बौद्ध धर्मावलम्वी होइन तर प्रकृति पुजक र आत्मा पुज्नेहरू हुन्।

क्याथीज् होममा यस बर्ष १२ नयाँ विद्यार्थी नानीहरूको आगमन (२०२४)
क्याथीज् होममा यस बर्ष १२ नयाँ विद्यार्थी नानीहरूको आगमन (२०२४) (तस्बिरः क्याथीज् होम)

 

पहिलो वर्ष क्याथीज् होममा हामीसँग ९ विद्यार्थीहरू थिए र दोस्रो वर्ष हामीसँग १७ जना थिए। तिनीहरू सबै ख्रीष्टियन परिवारबाट आएका थिए तर उद्धार नपाएकाहरु थिए। हामी नानीहरुसँग हरेक रात बाइबल अध्ययन गर्छौं र जब तिनीहरूले सुसमाचार सन्देश बुझे, तिनीहरूले आफ्नो जीवन ख्रीष्टलाई दिए र आफ्नो “ख्रीष्टियन” परिवारको मुक्तिको लागि प्रार्थना गर्न थाले। गाउँका अविश्वासीहरूले यी विद्यार्थीहरूको जीवनमा आएको भिन्नता देखे र आफ्ना छोराछोरीहरूलाई क्याथीज् होम पठाउन चाहन्थे। यो एउटा अदभूत अवसर हो कि प्रभुले हाम्रा लागि यी परिवारहरूलाई तिनीहरूका नानीहरू मार्फत साक्षी दिन ढोका खोल्नुभयो किनभने तेस्रो वर्षमा हामीसँग ३० विद्यार्थीहरू थिए। सन् २००८ मा होममा अभिभावकका नानीसहित ५३ जना बालबालिका थिए। सबै बालबालिका शहरका स्थानीय थाई सरकारी विद्यालयमा पढ्छन्। हामीसँग क्याथीज् होममा म्होङ मात्र नभई केही मेइन नानीहरू पनि छन्।

(श्री म्याक सांगलीर काठमाडौं ब्याप्टिस्ट चर्च ‘एवेनेजर’ का संस्थापक मिसनरीहरूमध्ये एक हुनुहुन्छ।)

 

Leave a Reply