तपाईको व्यक्तिगत जीवनमा चुनौतिहरू होलान्। परिवारमा जटिलता होला। संबन्धहरू संकटग्रस्त होला। मानौं कि ती समुद्रको ज्वारभाटा जस्ता वा आँधिबेह्रि जस्ता छन्। शत्रुहरूको पंजा, हानी गर्न चाहानेहरूको फन्दा, गरीबी, आर्थिक संकट वा अन्य जटिल परिस्थितिहरू जीवनमा आउन सक्ने आँधिवेहरी हुन् जसले जीवनको जहाजलाई हल्लाउँदछ, ढलपलाउँदछ। भजन संग्रह १०७ मा मानिसलाई आउन सक्ने विविध चुनौतिहरूको उल्लेख गरिएको छ, जस्तै;  शत्रुहरूको पंजा (१०७:२), मरुभूमिमा भड्काई (१०७:४), भोक र प्यास (१०७:५), गरीबी (१०७:४१), अधर्म (१०७:४२) आदि। तिनले जीवनको जहाजलाई हल्लाउँदछ, ढलपलाउँदछ। त्यसमा तपाईको प्रतिकृया के हुन्छ? त्यस परिस्थितिमा तपाई कसरी उभिनुहुन्छ?

तपाई जीवित र सत्य परमेश्वरलाई चिन्नुहुन्छ, तपाई उहाँका सन्तान हुनुहुन्छ, तपाईले उहाँमा प्रार्थना गर्न सक्नुहुन्छ। खाँचो पर्दा उहाँमा हामी सहायता प्राप्त गर्दछौं जस्तो लेखिएको छ,

“यसकारण हामी साहससंग अनुग्रहको सिंहासनको नजिक आऔं, कि हामी दया पाऔं र खाँचो पर्दा सहायता पाउनलाई अनुग्रह प्राप्त गरौं”

– हिब्रू ४:१६

तर गलत मानिसमाथि भरोसा नगर्नुहोस् जुन चाहिँ भाँचिएको दाँत वा जोड्नीबाट फुस्किएको पाउजस्तो हो (हितोपदेश २५:१९)। विपत्तिको दिनमा हामीलाई चट्टानमाथि शुरक्षा दिने, बसाल्ने उहाँ नै हुनुहुन्छ। संकटहरूमा परमप्रभुलाई पुकार्नेले छुटकारा पाए (भजन संग्रह १०७:६)। तिनले आपत-विपतहरूबाट छुटकारा पाए (भजनसंग्रह १०७:६,१३, १९,२८)। आँधीलाई शान्त भए, छालहरू साम्य भए (भजनसंग्रह

१०७:२९)।  ठीक बाटोमा डोर्‍याइए (भजनसंग्रह १०७:७)। चाहना गरेको बन्दरगाहमा ल्याइए (भजन संग्रह १०७:३०)।

के तपाई जीवित र सत्य यहोवा परमेश्वर अर्थात् बाइबलले उल्लेख गर्ने परमेश्वरलाई प्रार्थना गर्नुहुन्छ? उहाँ मात्र साँचो र जीवित परमेश्वर हुनुहुन्छ। किनकि उहाँबाहेक अरू ईश्वर छैनन्। संकटबाट छुटकारा गराउने उहाँबाहेक अर्को कुनै ईश्वर छैनन् (दानिएल ३:२९)। उहाँलाई हामीले प्रार्थना गर्नुपर्दछ, जस्तो लेखिएको छ;

“माग, र तिमीहरूलाई दिइनेछ; खोज, र तिमीहरूले भेट्टउनेछौ; ढकढक्याओ, र तिमीहरूका निम्ति खोलिनेछ”

– मत्ती ७:

प्रार्थनाको जवाफपछि उहाँका कामहरू, छुटकाराको निम्ति उहाँकै प्रशंसा गरिनुपर्दछ (भजनसंग्रह १०७:१५,३२)। उहाँलाई नै धन्यवाद दिइनुपर्दछ (भजनसंग्रह १०७:२२)। लेखिएको छ,

“यसकारण आओ, हामी उहाँद्वारा परमेश्वरलाई  निरन्तर स्तुतिरुपी बलिदान चढाऔं, जुनचाहिँ उहाँको नामलाई धन्यवाद चढाउने हाम्रा ओंठको फल हो” – हिब्रू १३:१५

“हामी शान्त रहौं, किनकि”

“उहाँले आँधीलाई शान्त गराउनुहुन्छ र त्यसका छालहरू साम्य हुन्छन्” -भजनसंग्रह १०७:२९

 

Leave a Reply