कहाती, गेर्शोनी र मरारीहरू को थिए?

             कहाती, गेर्शोनी र मरारीहरू इस्राएलका लेवी कुलका तीन घरानाहरू थिए (गन्ती २६:५७)। प्रत्येक कुलमा त्यस मानिसका सन्तानहरू थिए जसबाट कुलले आफ्नो नाम प्राप्त गरेको थियो। कहात कहातीहरूका पिता थिए, गेर्शोन गेर्शोनीहरूका पिता थिए। मरारी मरारीहरूका पिता थिए। कहात, गेर्शोन र मरारी लेवीका तीन जना छोराहरू र याकूबका नातिहरू थिए (उत्पत्ति ४६:११)। मोशा, हारून र मरियम कहाती थिए (१ इतिहास ६:२-३)।

लेवीहरूले इस्राएलमा पूजाहारीको भूमिका निर्वाह गरे र निवासस्थानको हेरचाह गर्ने जिम्मेवारी लिए। लेवी कुलमा कहाती, गेर्शोनी र मरारीहरूको विशेष भूमिका थियो। उदाहरणका लागि, कहातीहरूले पवित्र स्थानसँग सम्बन्धित वस्तुहरूको हेरचाह गर्ने जिम्मेवारी पाएका थिए: “भेट हुने पालमा परमपवित्र वस्तुहरूको सम्बन्धमा कहातीहरूको सेवा यही हुनेछ।”(गन्ती ४:४-१४)। वाचाको सन्दूक, रोटीको टेबल र अन्य पवित्र वस्तुहरू कहातीहरूको जिम्मेवारी थियो (गन्ती १०:२१; १ इतिहास ९:३२)। गेर्शोनीहरूले पवित्र स्थानको सजावट अर्थात् पर्दा, डोरी र आवरणको हेरचाह गर्थे (गन्ती ४:२४-२६)। भेट हुने पालको संरचना निर्माण गर्ने खम्बाहरू, आधारहरू, फ्रेमहरू, खम्बाहरू र डोरीहरू राख्नको लागि मरारीहरूले ठाउँ-ठाउँबाट मर्मत सम्भार गर्ने र बोक्ने काम गर्थे। इस्राएलीहरू प्रायजसो हिँडडुल गर्ने भएकोले भेट हुने पालहरू प्रायजसो उठाइन्थ्यो र सार्नुपर्थ्यो। प्रत्येक कुलको परमेश्वरको पवित्र स्थानप्रतिको जिम्मेवारी थियो।

कहातीहरूले ओसारपसार गरेका पवित्र स्थानका वस्तुहरू त्यस प्रयोजनका लागि बनाइएका खम्बाहरू सहित काँधमा बोक्नुपर्थ्यो (गन्ती ७:९; प्रस्थान २५:२६-२८ सित तुलना गर्नुहोस्)। तथापि, गेर्शोनी र मरारीहरूलाई तिनीहरूका सामानहरू ओसारपसार गर्न मदत गर्न गोरुगाडाहरू दिइयो; गेर्शोनीहरूले दुईवटा गाडा र चारवटा गोरू हरू प्राप्त गरे, र मरारीहरूले चारवटा गाडा र आठवटा गोरूहरू पाए (गन्ती ७:६-८)।

लेवीहरूको रूपमा, कहातीहरू, गेर्शोनीहरू र मरारीहरूले प्रतिज्ञा गरिएको देशमा कुनै खास क्षेत्र पाएनन्। बरु, तिनीहरूलाई परमप्रभुको आज्ञाद्वारा अन्य कुलसमूहका इलाकाहरूबाट शहरहरू र चरन भूमिहरू दिइयो (यहोशू २१:२)। कहातीहरूले यहूदा, बिन्यामीन र शिमोन कुलबाट तेह्र वटा शहरहरू अनि एप्रैम, मनश्शे र दान कुलबाट दसवटा शहरहरू प्राप्त गरे। गेर्शोनीहरूले इस्साकार, आशेर, नप्ताली र मनश्शेबाट तेह्र वटा शहरहरू प्राप्त गरे। मरारीहरूले रूबेन, गाद र जबूलूनबाट बाह्रवटा शहरहरू पाए। शहरहरूको वितरण चिट्ठा कोरेर निर्णय गरिएको थियो (यहोशू २१:१-८), र लेवीहरूका छ वटा शहरहरूलाई शरणको नगरहरूको रूपमा नामाङ्कित गरिएको थियो।

Leave a Reply