बाइबल मात्र यस्तो पुस्तक हो, जसमा इस्राएलको निवासस्थान (Tabernacle) सम्बन्धी पूर्ण र विस्तृत जानकारी  दिएको छ। निवासस्थानको संरचना निर्माण र त्यसमा रहने सामग्रीहरूको सम्बन्धमा बाइबलको पुस्तक प्रस्थान २५ – २८ अध्यायहरुमा विस्तृतरूपमा उल्लेख गरिएको छ। निवासस्थानको निर्माण कार्यान्वयन सम्बन्धी प्रस्थान ३५ – ४० अध्यायहरूमा विवरणहरू उल्लेख गरिएको छ। इस्राएलको निवासस्थान धेरै नामहरूद्वारा चिनिने गर्दछ जस्तै वासस्थान, पाल वा भेट हुने पाल, परमेश्वरको घर,  पवित्रस्थान, परमेश्वरको मन्दिर।

मोशाको मध्यस्थतामा परमेश्वरले इस्राएलीहरुसँग वाचा बाध्नुभयो , व्यवस्था दिनुभयो र निवासस्थान बनाउनको लागि भेटी ल्याउन् बोलाउनुभयो (प्रस्थान २४ – २५ अध्याय)। इस्राएलीहरूको भेटी निर्माण कार्यमा चाहिएको भन्दा ज्यादै बढी भयो (प्रस्थान ३६:५ – ७)। दोस्रो वर्षको पहिलो महिनामा, त्यस महिनाको पहिलो दिनमा निवासस्थान काम समपन्न भयो (प्रस्थान ४०: १७ – ३३)। इस्राएलीहरूको छाउनीको बीचमा निवासस्थान  रहेको हुन्थ्यो र त्यस निवासस्थानको वरिपरि इस्राएलको १२ कुलहरू पाल टांगेर बसोबास गर्थे (गन्ती २ अध्याय)। 

यस निवासस्थान विशेष हुनु कारण त्यस ठाँउमा परमेश्वरको उपस्थिति हुन्थ्यो। बादलले निवासस्थानलाई ढाक्यो र परमप्रभुको महिमाले निवासस्थान भरिदियो (प्रस्थान ४०: ३४)। इस्राएलीहरुको लागि निवासस्थान विशेष थियो किनकि त्यहाँ परमेश्वरले मानिससँग भेट गर्नुहुन्थ्यो। जबसम्म त्यो बादल उठेर जाँदैनथियो , त्यस दिनसम्म तिनीहरूले यात्रा गर्दैनथिए (प्रस्थान ४०: ३७)

Leave a Reply